दफा ३५
आदेश दिन सक्ने
(१) यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणको क्रममा कुनै खाद्य व्यवसायी वा सेवाप्रदायकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम पूरा गर्नु पर्ने दायित्व पूरा गरेको नपाइएमा त्यस्तो दायित्व पूरा गर्ने व्यवस्था गर्न त्यसरी अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणमा जाने अधिकारीले निश्चित अवधि तोकी सम्बन्धित खाद्य व्यवसायी वा सेवाप्रदायकलाई आदेश दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिइएको आदेशको पालना गर्नु सम्बन्धित खाद्य व्यवसायी वा सेवाप्रदायकको- कर्तव्य हुनेछ।
(३) उपदफा (१) बमोजिम आदेश दिइएकोमा सोको व्यहोरा अनुगमन, निरीक्षण, जाँचबुझ वा/आकस्मिक निरीक्षणमा जाने अधिकारीले विभाग वा कार्यालयमा पेश गर्ने प्रतिवेदनमा समेत खुलाउनु पर्नेछ।